३माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं ओलि—बादल पक्षको रोल्पा जिल्ला कमिटीको बैठक आज सदरमुकाम लिबाङमा बस्दैछ ।
बिहान ११ बजेदेखि लिबाङस्थित हेरिटेज होटेलमा बस्ने जिल्ला कमिटीको बैठकलाई पार्टीका केन्द्रीय सदस्य गोकुल घर्ती, पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, केन्द्रीय सदस्यहरु कुमार दशौदि, शान्त कुमार ओलि, बालाराम बुढा लगायतले सम्बोधन गर्ने नेकपा केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिनुभयो।
बैठकमा पार्टीभित्रको समसामयिक सन्दर्भका सम्बन्धमा कमिटीभित्र व्यापक छलफल गरि जिल्ला र स्थानीय स्तरको रिपोर्टिङ लिईनुका साथै रोल्पा जिल्लामा पार्टी गतिविधिलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा बैठकले रणनीतिक योजना बनाउदै गाउँ अभियानको कार्यक्रम तय गरिने नेतृ जिएमले जानकारी गराउनुभयो।
पौष ५ गते प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद बिघटन गरेपछि उत्पन्न भएको नेकपा भित्रको विवाद केन्द्र हुँदै जिल्ला र स्थानीय स्तरमै प्रस्ट देखिनुका साथै छुट्टाछुट्टै भेला तथा सभाहरु सञ्चालन हुँदै आएका छन् ।
रोल्पामा पनि प्रचण्ड—माधब समूहले विभिन्न कार्यक्रम सभाहरुका साथै पौष १४ गते जिल्ला कमिटिको बैठक बसि गाउँ अभियान जारी राखेको छ भने ओलि पक्षले पनि सुलिचौर, जुगार लगायतका स्थानमा कार्यक्रम गर्नुका साथै आज जिल्ला बैठकको आयोजना गरेकाले ओलि समुहको यो बैठकलाई महत्त्वपूर्ण बैठकको रुपमा हेरिएको छ ।