कांग्रेसले आज देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै

फाइल फाेटाे

३माघ,काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज सात सय ५३ स्थानीय तहहरूमा विरोध प्रदर्शन र सभा गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेसले चरणवद्ध रूपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । कांग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस