
३माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशलाई नभेटेको प्रष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए।
उनले भने, सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला। त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन। अरु न्यायाधीशहरुलाई मैले देखेको पनि छैन। सायद चिनेको पनि छैन। हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो।’
प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा बसेका न्यायाधिसलाई भेटेको भन्दै केहि अपुष्ट खबरहरु यसअघि सार्वजनिक भएका थिए।
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार