३माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका नेता सुवास नेम्वाङले महासचिव जहाँ छन्, त्यही पार्टी नै आधिकारिक हुने धारणा राखेका छन् ।
अध्यक्ष, महासचिव र माइन्यूट भएको पार्टी नै आधिकारिक भएको तर्क गर्दै नेता नेम्वाङले प्रश्न गरे– महासचिवले बैठक बोलाउने हो, महासचिवले नबोलाएको बैठकका निर्णय कसरी वैधानिक हुन्छन् ?
अोली पक्षीय नेकपाको प्रदेश १ को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले आफूहरु पार्टी एकताकै पक्षमा रहेकाले कसैलाई कारबाही नगरेको पनि प्रष्ट पारे ।
उनले प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा गरिरहेका बेला पार्टीमा फुट आएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताए।
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार