रोल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ माघ, रोल्पा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

रोल्पाको लिबाङस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विनोद खतिवडाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्लाका राजनीतिक दल, सरोकारवाला निकाय तथा सबै नागरिकलाई सहयोग गर्न आग्रह गरे । कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण कामकारबाही सुरु गरिएको उनले जानकारी दिए ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा कुल १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता रहेका छन्। भने जिल्लाभर ८६ मतदान स्थल र १ सय ८० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस