४माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले रोल्पामा २ महिने अभियान सञ्चालन गर्ने भएको छ ।
सदरमुकाम लिबाङमा बसेको जिल्लाको चौथो बैठकले वडा तहसम्म पुग्ने गरि कार्यक्रम तय गरेको हो ।
बालाराम बुढाको अध्यक्षता र नेकपा केन्द्रीय सदस्य गोकुल घर्तिको प्रमुख तिथ्यता र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको विशेष आतिथ्यतामा बसेको बैठकले पार्टीको जिल्ला कमिटिमा ६१ जनालाई थपेर कमिटी बिस्तार गरेको छ।
बैठकले पार्टी केन्द्र र प्रदेशको सर्कुलर अनुसार माघ र फागुनमा सक्नेगरि जिल्ला, गाउँपालिका र वडा तहमा पुग्ने गरि बिशेष अभियान सञ्चालन गर्न निमप्रसाद रोकाको संयोजकत्वमा अभियान परिचालन कमिटी गठन गरेको छ ।
साथै अभियान सम्पन्न गर्नका लागि सुनिल स्मृति गाउँपालिकामा दिपक बिष्ट, रुन्टीगढी गाउँपालिकामा गोपाल डाँगी, त्रिबेणी गाउँपालिकामा भुपालसिंङ डाँगी, अमृत बुढा र ठाकुर वली,गंगादेब गाउँपालिकामा पहलबहादुर बिकलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै रोल्पा नगरपालिकामा क्रान्ति आचार्य, कृष्णि गौतम र दयाराम डाँगी, माडी र थबाङ गाउँपालिकामा कुमार दशौदी, लुङ्ग्री गाउँपालिकाका किसन बिष्ट, सुनछहरि गाउँपालिकामा मोत बहादुर घर्ती र सूर्य घर्ती, परिवर्तन गाउँपालिकामा टेकेन्द्र रोका र लोकेन्द्र घर्तीलाई अभियानमा संयोजन गर्ने गरि जिम्मेवारी दिईएको छ।
त्यसैगरी अभियान सफल बनाउन रोल्पा निर्वाचन क्षेत्र नं। १ मा खिमचन्द्र पुन र क्षेत्र नं. २ मा प्रेम घर्तीलाई अभियानको संयोजन गर्न जिम्मेवारी दिईएको छ।
बैठकले माघ १७ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको बृहत् संयुक्त भेला सदरमुकाम लिबाङमा आयोजना गर्ने निर्णय समेत गरेको केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिइन् ।