राेल्पामा महरा र वर्षमानको राजनीति इतिहासमा सीमित हुन्छ : ढकाल (भिडियाे सहित)

४माघ, रोल्पा । नेकपाका लुम्बिनी प्रदेशसभा संसदीय दल प्रमुख सचेतक भूमिश्वर ढकालले राष्ट्रिय राजनीतिमा प्रभाव भएका कृष्णबहादुर महरा र वर्षमान पुनको यात्रा समाप्त हुने बताएका छन्।

रोल्पा जिल्लाबाट पटक–पटक अनेक अवसर पाउँदासमेत पूर्वसभामुख महरा र वर्षमान पुनले जनताको जीवनमा परिवर्तन ल्याउने काम नगरेको आरोप लगाए। उनले भने, जनताका लागि केही पनि नगर्ने व्यक्तिगत स्वार्थमा लाग्नेहरुको राजनीति अब इतिहासमा मात्रै सीमित हुन्छ।

पार्टी बैठकको सिलसिलामा रोल्पा पुगेका प्रमुख सचेतक ढकालले अनलाइन साझासँगको कुराकानीमा विगतका नेताहरु अब इतिहासमै सीमित हुने दाबी गरे । अब सोचको नयाँ नेता जन्मिने जिकिर गरे।

पूर्वमन्त्री बालाराम घर्तीमगर कुनै समय केन्द्रीय राजनीतिमा थिए। उनको भूमिका राम्रो थियो। उनको पकड रोल्पामा थियो भन्ने बुझिन्थ्यो। तर, आज त्यो इतिहास भइसक्योु उनले भने, ुअहिले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने प्रचण्डको पक्षमा लागेका कृष्णबहादुर महरा हुन् या वर्षमान पुन उनीहरुले अवस्था पनि बालाराम घर्तीमगर कै जस्तो हुन्छ।

बारालाम घर्तीमगर राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्ने नेता मानिन्थे। उनी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को तर्फबाट पटक—पटक मन्त्रीसँगै तत्कालीन राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध र सहकार्य गर्ने कमै राजनीतिज्ञ मध्ये एक हुन्।

घर्तीमगर पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक दृश्यमा गुमनाम जस्तै देखिन्छन्। त्यो बेलाका पूर्वमन्त्री घर्तीमगरको राजनीतिक चर्चा र अहिलेको अवस्थाबारे तुलना गर्दै नेकपा नेता ढकालले कृष्णबहादुर र वर्षमानलाई उनै घर्तीमगरसँग तुलना गरे ।

रोल्पा जिल्लाको सन्दर्भमा हिजो र आज निर्वाचन परिणाम नभई भोलिको नतिजा हेर्न प्रचण्ड—नेपाल पक्षका नेता/कार्यकर्तालाई अनुरोध गरेका छन्। देशको पछिल्लो राजनीतिबारे चर्चा गर्दै नेता ढकालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा रोल्पा जिल्लामा बलियो हुने दाबी गरे।

यो कुरा हेर्न धेरै टाढा जानुपर्दैन बैशाखमा हुने निर्वाचनमा रोल्पाली जनताले नै बताउनेछन्, यसमा म ढुक्क छु। रोल्पाका जनताले विकास चाहेको र जिल्लालाई नयाँ रोल्पा, समृद्ध रोल्पा बनाउने अठोडका अघि बढेको प्रमुख सचेतक ढकालले बताए। यो बीचमा नदी धेरै पानी बगिसकेको छ।

यो बीचमा जनताहरु धेरै सचेत भइसकेका छन् नेता ढकालले भने, रोल्पाली जनताले केपी ओलीको विकास र समृद्धिको सपनालाई बुझिसकेका छन्।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस