प्रदेश २ मा आज सार्वजनिक बिदा

५ माघ, काठमाडौँ । प्रदेश नम्बर २ को सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बलिदानी दिवसको अवसरमा बिदा दिइएको जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस