नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि

५माघ, काठमाडौँ । बेलायतबाट नेपाल आएका तीन नेपालीमा नयाँ भेरियन्टुको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बेलायतबाट आएका ६७ र ३२ वर्षीय दुई पुरुष र २८ वर्षीया महिलामा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बेलायतबाट नेपालमा आएका छ जना नागरिकको नमुना संकलन गरेर परीक्षण गर्न २७ पुसमा विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । ६ जनामध्ये तीन जनामा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको हो ।

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस