७माघ, राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य ईश्वरी जिएमले नेकपाभित्रकाे राजनीतिक बहसलाई ब्यक्तिगत गाली-गलाैज र आराेप-प्रत्याराेपमा रुपान्तरण नगर्न कार्यकर्तालाई आग्रह गरेकी छन्।
‘अबको आन्दोलन मांसाहारी हुनुपर्ने’ विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति केन्द्रीय सदस्य जिएमले आपत्ति जनाएकी छन्। ‘प्रचण्डले कार्यकर्तालाई उत्तेजक अभिब्यक्ति दिएर देशमा पुन: हिंसा मच्चाउन थाले’, उनले भनिन्- ‘सडक आन्दाेलनका नाममा दुबै पक्षका युवाहरुलाई झडपतिर माेडेर देशमा अस्थिरता निम्त्याउन प्रचण्ड अग्रसर छन्।’
पछिल्लो समय प्रचण्ड-माधव नेपाल समूहबाट देशलाई अस्थिरता तर्फ लैजाजे, अशान्ति मच्चाउने र हिंसालाई बढवा दिने काममा केन्द्रित भइरहेको दाबी गरेकी छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति र लुङ्ग्री गाउँपालिकाले मंगलबार सुलिचाैरमा आयाेजना गरेकाे बैठकमा बाेल्दै नेतृ जिएमले पार्टीभित्रकाे बैचारिक बहसमा अलग-अलग धारमा हिडियाे भन्दैमा, एउटै आन्दाेलन र माेर्चामा हिडेका सहकर्मीमाथि नानाथरी आराेप लगाउनु तर्कसंगत नभएको बताएकी छन्।
दुई महिने विशेष अभियानकाे सुनिलस्मृति गाउँपालिका संयाेजक दिपक बिष्टकाे अध्यक्षतामा बसेकाे बैठकले माधब पुन, चित्रबहादुर महरा, बिकाश बिष्ट, रमिला सेन, बिन्दुदेबी बिष्ट, यानु राेका, बामदेम गाैतम, गाेबिन्द महरा, हर्कबहादुर बिष्ट, बबिता घर्तिमगर, पुष्कर थापा, झक बहादुर आले र तक बहादुर आलेलाई पार्टीको गाउँ संगठन कमिटीमा मनाेनीत गरेकाे छ।
बैठकले सुनिलस्मृति र लुङ्ग्री गाउँपालिकाकाे प्रत्येक वडामा संगठन बिस्तार र अभियानलाई सफल पार्न वडा स्तरमा अभियान संयाेजक तथा सदस्यहरु समेत ताेकेर परिचालन गरिएकाे नेकपा जिल्ला सदस्य तथा अभियानका राेल्पा क्षेत्र नं. १ (क) संयाेजक खिमचन्द्र पुनले जानकारी दिए।
बैठकले यही माघ १७ गते लिबाङमा हुन जनवर्गीय संगठनहरुकाे भेलालाई सम्पन्न गर्न गाउँ कमिटीका जबसलाई कृयाशिल बनाईएकाे पुनकाे भनाई छ।