सुनको भाउ तोलामा पाँच सयले बढ्यो

७ माघ, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।

यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस