कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइपुग्ने

७माघ, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने भएको छ ।

नेपाललाई भारत सरकारले उपलब्ध गराउन लागेको कोरोना विरुद्धको १० लाख डोज खोप भोली नेपाल आइपुग्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भोलि आइपुग्ने खोप फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने जानकारी दिए।

प्रकाशित मिति : २०७७ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस