एमाले निकट कर्मचारी संगठन राेल्पाको अध्यक्षमा घर्तिमगर

८माघ,रोल्पा । नेकपा  एमाले निकटकाे कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन राेल्पाकाे अध्यक्षमा हिमाल घर्तिमगर चयन भएका छन्।

संगठनकाे शनिबार राेल्पा सदरमुकाम लिबाङमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई  अध्यक्ष चयन गरेको छ, भने  उपाध्यक्ष खुला खुम बहादुर सार्की, उपाध्यक्ष महिला सीता त्रिपाठी, सचिव हरिभक्त खनाल, सहसचिव ऋषिकेश केसि, काेषाध्यक्ष बेदुराम आचार्य तथा सदस्यहरु दिपेन्द्र बुढा, दले बानिया, हर्कराज घर्ती मगर, माेतिराज न्याैपाने र चाेलाकान्त पाण्डेलाई र मञ्जु वलिलाई सर्वसम्मत रुपमा चयन गरेकाे छ।

यसैगरि अधिवेशनले झगबहादुर फेवालि र टाेपेन्द्र पाैडेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ।

नेकपा एमालेकि केन्द्रीय सदस्य तथा राेल्पा सह ईन्चार्ज ईश्वरी जिएमकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एमाले राेल्पाका उपाध्यक्ष विजय घर्तिमगर, नेपाल निजामती कर्मचारी संगठनकि केन्द्रीय सदस्य तथा राेल्पा ईन्चार्ज शिला मल्ल, एमाले राेल्पा नगरपालिका अध्यक्ष घनश्याम आचार्य लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस