रेडक्रस सुलिचौरको सभापतिमा विष्ट

सुलिचौर । नेपाल रेडक्रस सोसाइटी, सुलिचौर उपशाखा, रोल्पाको सभापतिमा दीपेश विष्ट निर्वाचित भएका छन् ।

सुलिचौरमा आज सम्पन्न भएको उपशाखाको तेह्रौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट विष्ट सभापतिमा निर्वाचित भएका हुन ।

उपशाखा सुलिचौरको उपसभापतिमा विपना घर्तीमगर, सचिवमा योगेन्द्र थापा, कोषाध्यक्षमा समीक्षा क्षेत्री, उपसचिवमा अनिलकुमार सुनार, उपकोषाध्यक्षमा यामराज बुढाथोकी र सदस्यमा क्रमशः खेमराज शर्मा, अनराम वि।क।, रुमबहादुर रोका, सुशीला योगी निर्वाचित भएको निर्वाचन अधिकारी चन्द्रबहादुर घर्तीमगरले बताएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुबेदी, रोल्पा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिलन रोकामगर, नेपाल रेडक्रस सोसाइटी, सुलिचौर उपशाखाका पूर्व सभापतिद्वय तिलबहादुर ओली र गञ्जबहादुर क्षेत्री, सिएमए संघ रोल्पाका अमृतबहादुर घर्तीक्षेत्री, हिमचुली युवा क्लवका अध्यक्ष साजनकुमार थापा, सुलिचौर तेक्वान्दो संघका सञ्चालक प्रकाश घर्तीमगर लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यसै बीच रेडक्रस उपशाखा सुलिचौरको नवनिर्वाचित कार्यसमितिको बैठक सभापति दीपेश विष्टको अध्यक्षतामा बसी साधारणसभा तथा अधिवेशन सम्पन्न गर्नको लागि सहयोग गर्ने रेडक्रसका आजीवन सदस्य, साधारण सदस्य, निवर्तमान तथा पूर्व सभापतिसहितको कार्यसमिति, निर्वाचन अधिकारी लगायत अन्य सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस