कांग्रेसले माग्यो प्र.अ.को राजीनामा

११माघ, रोल्पा । पूर्वमन्त्री वर्षमान पुन सहभागी सभामा स्कुले विद्यार्थीको दुरुपयोग गरिएकोप्रति नेपाली कांग्रेस माडी गाउँपालिकाले आपत्ति जनाएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा जनप्रतिनिधिले सभामा भाग लिन एक दिनअघि नै विद्यालय पुगेर विद्यार्थीलाई विद्यालय पोशाकसहित सहभागी हुन उर्दी जारी गरेका थिए।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुनले आयोजना गरेको राजनीतिक सभामा स्थानीय कृष्ण माविमा अध्ययनरत विद्यार्थीलाई पोशाकसहित जवरजस्ती समावेश गराइएको थियो।

उक्त समाचार बिएल नेपाली सेवाले प्रकाशित गरेलगतै सम्बन्धित निकार्यले गम्भीर चासो देखाएका छन्। योसँगै कांग्रेस माडी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनलाई ज्ञापनपत्र बुझाएको छ।

कानुन विपरित राजनीति दलको सभामा स्कुले बालबालिका दुरुपयोग गर्ने गाउँपालिका अध्यक्ष पुन र वडा अध्यक्ष ललित घर्तीलाई माफी माग्न अनुरोध गरेको छ। एकलौटी ढंगले विद्यार्थीलाई संस्थागत रुपमा पार्टीको प्रयोग गर्ने कृष्ण मावि घर्तीगाउँका प्र।अ। कबिराज रिजाललाई कांग्रेस माडीले तत्काल राजिनामाको माग गरेको छ।

कांग्रेसले गैरसंवैधानिक कार्यमा संलग्न जे कोहीलाई कानून बमेजिम कारवाही गर्न समेत माग गरेको छ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस