सुनछहरी गाउँपालिकामा एक  शिक्षक कोरोना संक्रमण पुष्टि

१० माघ,रोल्पा । सुनछहरी गाउँपालिका स्थित  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामका एक शिक्षकलाई आइतबार परिक्षण गर्दा कोरोना पुष्टि भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ सम्म सबै शैक्षिक संस्थालाई बन्द गर्न निर्देशन दिए पनि गाउँपालिकाले मन्त्रालयको निर्देशन  अवज्ञा गरी विद्यालय संचालन गर्दा शिक्षकलाई कोरोना संक्रमण भएको हो ।

मन्त्रालयको निर्देशन गाउँपालिकाले अवज्ञा गर्दा महामारीले उग्ररूप लिने खतरा देखिएको विद्यालयका निमित्त  प्रधानाध्यापक युवराज घर्तीमगरले बताए  ।

पठनपाठनकै क्रममा  शिक्षक एकाएक  बिरामी परी चेकजाँच गर्दा  कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

पठनपाठनकै क्रममा शिक्षकलाई कोरोना संक्रमित भएकाले अन्य शिक्षक र विद्यार्थीहरुमा पनि संक्रमित हुन सक्ने भनी विद्यालयले प्रशासनको भनाइ छ ।

यता सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगरले यो खबरले आफुलाई  निकै संवेदनशिल बनाएको  भन्दै अब आकस्मिक छलफल गरि केही निर्णय गर्ने अध्यक्ष पुनको भनाइ छ।

प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार
प्रतिक्रिया दिनुहोस