रोल्पा । रोल्पाको लिबाङ फागुन १७ गतेदेखि तेस्रो रोल्पा महोत्सव हुने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा रोल्पाको लिबाङ फागुन १७ गतेदेखि २६ गतेसम्म ‘तेस्रो रोल्पा महोत्सव २०८०’ हुने आयोजकले बताएको छ ।
उद्योग वाणिज्य संघ रोल्पाले आज पत्रकार सम्मेलन गर्दै जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृतिक र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन गर्ने उदेश्य सहित ‘तेस्रो रोल्पा महोत्सव २०८०’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ रोल्पा अध्यक्ष केशवकुमार आचार्यले बताए ।
लिबाङमा हुने ‘तेस्रो रोल्पा महोत्सव २०८०’ को मुख्य आकर्षकका रुपमा रोल्पा जिल्लामा उत्पादन हुने विभिन्न स्थानीय कृषि उत्पादित वस्तुहरु र अल्लो धागोबाट बनेका विभिन्न किसिमका वस्तुहरु रहने अध्यक्ष आचार्यले बताए ।
महोत्सवमा रोल्पाका दशवटै स्थानीय तहमाबाट आफ्नो संस्कृति अनुसारका बाध्यवादन, झाँकी, पैसारु नाँच हुने आयोजकले बताएको छ ।
‘तेस्रो रोल्पा महोत्सव’बाट भएको आम्दानीले जिल्लाको मुख्य व्यापारीक केन्द्रमा सिसिटिभि जडान गर्ने उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष आचार्यले बताए ।