नेकपा (प्रचण्ड—माधव) समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

फाइल फाेटाे

१२माघ, काडमाठौँ नेकपा (प्रचण्ड—माधव) समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेका हुन्।

घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा (प्रचण्ड—माधव) समूह आन्दोलनमा छ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस