५७ अंकले बढ्यो नेप्से

११माघ, काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ५९ लाख ३३ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दिपुर केबलकार एण्ड टुरिजम, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आखुँखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस