२६साउन, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २७.९० अंकले घटेको छ ।
आज नेप्से परिसूचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ विन्दुमा बन्द भएको हो ।
सोमबार कारोबार रकम भने बढेको छ । १० अर्ब २१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
गएको बिहीबार आठ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार


