भारतमा २४ घण्टामा ९ हजार ५३ जनामा संक्रमण

१३ माघ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ६२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस