भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण

१४ माघ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ८९ हजार २६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ५६ हजार ८८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस