
१५ माघ,रोल्पा । रोल्पामा ट्याङ्कर दुर्घटना एक जनाको मृत्यु भएको छ । नेपालगंज डिपो कार्यालयबाट रोल्पाको जलजला पेट्रोल पम्पको तेल लिएर रोल्पा आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा नेपालगञ्ज घर भएका ट्याङ्कर चालक हरबजन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सन्तोष कुमार केसीले जानकारी दिए । गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका ४ भदौरे घुम्तीमा ट्याङ्कर अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । भारतको रुपैडिया घर भएका सहचालक १९ वषर््ीाय सुनिल शंकर सामान्य घाइते भएका छन् । २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल लिएर रोल्पा आएको थियो ।
प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार