१४माघ,रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको गठबन्धनको निर्णय अनुसार नै लुम्बिनी प्रदेशको सरकार अगाडि बढ्ने बताएका छन्।
प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसको अवसरमा शुक्रबार रोल्पाको लिबाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारे।
केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो, उनले भने। गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो।
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार


