
१६माघ,रोल्पा । साझा विद्यार्थी मञ्च जलजला बहुमुखी क्याम्प रोल्पाले विभिन्न कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाएको छ ।
विद्यार्थी मन्चले नेपालमा सहिदहरूको सम्मान विषयक क्याम्पस स्तरीय खुल्ला वक्तित्वकला र खुल्ला महिला/पुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो ।
साझा विद्यार्थी मन्च जलजला बहुमुखी क्याम्पस रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसीको अध्यक्षता एवम् जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विष्णु आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको वक्तित्वकला प्रतियोगितामा आठ जना, पुरुषतर्फको खुला व्याडमिन्टन प्रतियोगितामा सात समूह र महिलातर्फको व्याडमिन्टन प्रतियोगितामा पाँच समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई आगामी शुक्रबार कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने मन्चका सचिव झुपलाल डाँगीले जानकारी दिएका छन् ।