
१५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार