१७माघ,रोल्पा। नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको आगामी चुनाव लड्ने ठाउँ नभएको बताएका छ् ।

रोल्पाको लिबाङमा आज नेकपा ओली पक्षद्धारा आयोजित जनवर्गीय भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले प्रचण्ड डुलुवा नेता भएको आरोप लगाएका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका प्रचण्डले दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा छोडेर सिरहा पुगेको बताउदै अहिले ओलीको काँधमा चढेर चितवनबाट निर्वाचित भएको उल्लेख गरे । अब आउने चुनावमा प्रचण्ड जहाँ गएर लडे पनि हार्ने समेत नेता पोखरेले ठोकुवा गरे ।

साथै उनले माओवादी आन्दोलनमा साथ दिएका नेताहरुले छोड्दै गएकाले प्रचण्डको आगामी राजनीतिक भविष्य अन्यौल रहेको बताएका छन् ।