
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो ।
त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार