ओलीले चुनाव गराउँदैनन्:- डा.बाबुराम भट्टाराई

१८माघ, रोल्पा । पूर्वा प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केपी शर्मा ओली संघीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताए ।

रोल्पाको लिबाङमा रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ओली गणतन्त्र विरोधी भएको समेत आरोप लगाएका छन् ।

उनले अहिलेको संविधान अपुरो रहेको समेत बताएका छन् । गुप्तचर र सुरक्षा निकायका अंगहरु ओलीले आफ्नो हातमा राखेको भन्दै भट्टराईने आलोचना गरे ।

संवैधानिक आयोगहरुमा सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको डरलाग्दो छायाँ परेको उनले बताए ।

कुनै पनि ताना शाहहरु आफुले नजित्ने चुनाव नगारउने गरेको बताउँदै नेपालमा अहिले ओलीले पनि चुनावको मिति तोके पनि चुनाव नगराउने उनले बताए ।

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘‘कु” गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि बताए । साथै माओवादी आन्दोलन मात्रै भनेर अब नपुग्ने उनले बताए ।

उनले आब विश्व बदलिएको अवस्थामा माओवादी चरित्रबाट परिवर्तन नहुने बताउँदै अबको केही समयपछि सबै कम्यनिस्टहरु सोसोलिस्ट पार्टीमा रुपान्तरण हुनुको विकल्प नभएको समेत बताए ।

कार्यक्रमा रोल्पाका स्थानीय तहका जनप्रनिधि, बुद्धिजिवी तथा राजनीतिक दलका प्रमुखहरुको सम्मेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस