आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

१९माघ, काठमाडौं । आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस