सांकेतिक तस्विर
१८माघ, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुइनिबाङस्थित झरना नास्ता पसलमा लागुऔषध कारोबार गरिरहेको भन्दै प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
लुङ्ग्री गाउँपालिका ६ गुम्चाल घर भई हाल रुइनिबाङमा नास्ता पसल गर्दै आएकी ३० वर्षीया झलमलि वुढाथोकीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
अवैध लागु औषधको कारोवार गरीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट खटेको प्रहरी टोलीले नास्ता पसल खानतलासी गर्दा निज महिलाको शरिरवाट अवैध लागु औषध ब्राउन सुगर ११ पुरिया २४० मिलिग्राम र ६४ ग्राम लागऔषध चरेश सहित महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान कार्य भई रहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार


