
२१ माघ, रोल्पा । प्रेस चौतारी नेपाल, रोल्पाको अध्यक्षमा पुनः तिलक घर्तिमगर चयन भएका छन् । सोमबार लिबाङमा सम्पन्न छैठौँ अधिवेशनले घर्तिमगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
चौतारीको उपाध्यक्षमा मनोज घर्तिमगर र सपना डाँगी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्तिमगर र दिलबहादुर सार्की, कोषाध्यक्षमा टेकबहादुर घर्ति चयन भएका छन् ।
त्यसैगरी सदस्यमा किसन वि.क., कुशल पुनमगर , चित्रबहादुर केसी, उमेश घर्तिमगर, मिना रोका र सृजना घर्तिमगर चयन भएका छन् ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार