नेकपा केन्द्रीय सदस्य वाग्ले मृत अवस्थामा फेला

२२माघ,काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा फेला परेका छन् ।

बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिकाको मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो । प्रहरीले सडक दुर्घटनामा परी वाग्लेको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार वाग्ले सवार मोटरसाइकल दुर्घटनामा परेको अवस्थामा फेला परेको छ ।

नेकपा प्रचण्ड–माधव समूहले बुधबार साँझ सर्लाहीको बरहथवानमा आयोजना गरेको मशाल जुलुसमा सहभागी भइ घर फर्कंदै गरेका वाग्ले मृत अवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस