संविधानको उल्लंघन रोक्नका लागि हड्तालः पुन

फाइल फाेटाे

 

२२माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले संविधानको उल्लंघन रोक्नका लागि हड्ताल गर्नु परेको जिकिर गरेका छन् ।

बिहीबार काठमाडौंको चाबहिल क्षेत्रमा आमहड्तालको नेतृत्व गरिरहेका पुनले संसद् विघटनको बहस चलिरहेका बेला संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथग्रहण गराएर संविधानको उल्लंघन गरिएको बताए ।

उनले आन्दोलन गर्नु रहर नभएको बताए । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप असह्य हुने उनले उल्लेख गरे ।ले भने ।

 

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस