
२२ माघ, रोल्पा । प्रेस चौतारी नेपाल, रोल्पाले स्थापना दिवस मनाएको छ । लिबाङमा दीप प्रज्वलन गरेर आफ्नो २७ औं स्थापना दिवस मनाएको प्रेस चौतारी नेपाल, रोल्पाका अध्यक्ष तिलक घर्तीले बताए ।
स्थापना दिवसको अवसरमा शुभकामना दिदै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा रोल्पाका इन्चार्ज गोकुलप्रसाद घर्तीमगरको श्रमजीवी पत्रकारहरुको हक-अधिकार प्राप्ति र संरक्षणका लागि सम्पुर्ण प्रगतिशील पत्रकारहरुलाई प्रेस चौतारी नेपालमा संगठित हुन आग्रह गरेका छन् ।
प्रेस चौतारी रोल्पाका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिट्ब्युरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज गोकुल प्रसाद घर्तीमगर, एमाले लुम्बिनी प्रदेश उपसचिव पुर्ण बुढामगर, एमाले रोल्पा जिल्ला अध्यक्ष अमृत बुढामगर, जिल्ला उपाध्यक्ष विजय घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार