
२४माघ, कैलाली । माटोको ढिस्कोले पुरिएर कैलालिको जानकी गाउँपालिका—९ पूर्वखैरीफाँटामा तीनजना युवतीको मृत्यु भएको छ ।
घर पोत्नका लागि माटो लिन गएका ३० वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड र १७ वर्षीया धनसरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१२ वर्षीया काजल विक र अन्जु जयगडी घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार