
२४ माघ, काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आग्रह गरे ।
ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ थियो ।
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार