२५ माघ, काठमाडौँ। नेकपा ओली समूहको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई निष्कासन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दीपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो ।