२७माघ,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ ।
नेकपा दुई समूहमा विभाजित भएपछि राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ प्रचण्ड–माधव समूहमा लागेका छन् । त्यस्तै सहसंयोजक रहेका रमेश पौडेल भने ओली समूहमा छन् ।
आइतबार र सोमबार बसेको ओली पक्षीय संघको केन्द्रीय कमिटी बैठकले सिंहलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै किरण पौडेल सह–अध्यक्षमा चयन भएका छन् ।
ओली पक्षले संघको उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी चयन भएका छन् ।
रमेश आचार्य संघको महासचिव बनेका छन् ।