प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

फाइल फाेटाे

२७माघ, काठमाडौँ। प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाने भएका छन् ।

नेकपाको आधिकारिकता विवाद तथा सरकारले घोषणा गरेको निर्वाचनका सम्बन्धमा छलफलका लागि ओली आयोग जान लागेका हुन् ।

ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा दुई समूहमा विभाजित भएको थियो ।

राजनीतिक र व्यवहारिक रुपमा विभाजित भए पनि नेकपा कानूनी रुपमा भने अझै विभाजित भइसकेको छैन ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस