
२७माघ,काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । सुनको मुल्य तोलामा रु १५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) प्रति तोला रु ९० हजार ४ सयमा कारोबार भएको सुन आज भने तोलामा रु १५ सय रुपैयाँले बढेर प्रतिातोला रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ९१ हजार ४ सयमा कोरोबार भईरहेको महासंघले जनाएको छ ।
यता चाँदी भने प्रति तोलामा रु १३ सय ४० मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार