रामकुमारीलाई भेट्न अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

२९माघ, काठमाडौँ । नेकपा प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।

राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो निवासबाटै पक्राउ परेकी झाँक्रीलाई भेट्न नेताहरु श्रेष्ठ र भट्टराई महानगरीय अपराध महाशाखा पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस