रामकुमारीको पक्राउ गैरकानूनी भएको भन्दै सर्वोच्च अदालत रिट दर्ता

२९माघ, काठमाडौं । नेकपा नेपाल—दाहल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत प्रहरीले पक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता गोबिन्द बन्दीलगायतका कानून व्यवसायीहरु रिट निबेदन दर्ता गरेका हुन् ।

राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।

आरोप प्रमाणित भएमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस