विप्लवसहितको चारदलीय मोर्चाद्वारा आन्दोलन घोषणा

२९माघ, काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

उक्त रणनीतिक मोर्चाले पहिलो चरणको आन्दोलनको आज घोषणा गर्यो । काठमाडौंमा आयोजित घोषणा सभामा पहिलो चरणको आन्दोलनअन्तर्गत विभिन्न तीन क्षेत्रीय शहरमा जनसभा गर्ने जानकारी दिइयो ।

जसअनुसार मोर्चाले जारी गरेको घोषणा वक्तव्यअनुसार फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा सभा आयोजना गरिनेछ ।

नवगठित मोर्चामा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेलको नेकपा छन्।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस