
२९ माघ। रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रुन्टिगढी गाउँपालिका(२ धारापानी बस्ने बर्ष ६५ को ईन्द्र घर्ति रहेको प्रहरीले जनाएको छ ।
रुन्टिगढी गाउँपालिका-२ लामिडाडाँ स्थित सुर्पाल लिबाङ सडक खण्डमा होलेरीबाट धारापानि तर्फ जादै गरेको रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
अटोमा सवार ३ जना मध्ये २ जना घाइते रहेका छन् । अटो सडक बाट करिब सय मिटर तल खस्न छ।घटना दिउँसो ३ बजेको समयमा घटेको बताइएको छ ।
प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार