
२९माघ, रोल्पा । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियु रोल्पाले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत शुक्रबार रुन्टीगढीको भिमसेन मावि सैबाङ र भिमसेन प्राविधिक शिक्षालय सैबाङमा कमिटी गठन गरेको छ।
बलबहादुर परियारको अध्यक्ष, अनेरास्ववियु १७ औं जिल्ला अधिवेशन आयोजक कमिटी राेल्पाका सदस्य सदस्य दिपक डाँगीकाे प्रमुख आतिथ्यता जिल्ला अधिवेशन आयोजक समितिका सदस्य तथा रुन्टिगढि ईन्चार्ज केशर रावतकाे सञ्चालनमा भएको भेलाले कमिटी गठन गरिएको हो ।
भेलाले भिमसेन मा. बि. सैबाङ तर्फ बलबहादुर परियारको अध्यक्षता ५१ सदस्यीय कमिटी गठन गरेको छ ।
उपाध्यक्षमा पवित्रा दसौदी, सचिवमा भिमसेन बुढा, सह-सचिवमा मनिषा बस्नेत, सह-सचिवमा नविना घर्ती, कोषाध्यक्षमा सुस्मिता बस्नेत लगायत ५१ सदस्यीय कमिटी गठन गरेको छ ।
त्यसैगरी भिमसेन प्राविधिक शिक्षालय सैबाङ तर्फ पासाङ थापाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पूर्णबहादुर घर्ती, सचिवमा अभिषेक घर्ती, सह-सचिवमा सीता घर्ती र मधुसूदन भण्डारी र कोषाध्यक्षमा तमना पुन लगायत ५१ सदस्यीय कमिटी गठन गरेको अनेरास्ववियु रोल्पाले जानकारी दिएको छ ।