
१फागुन, लिबाङ । रोल्पाको सिँचाई विकासका लागि चालु आर्थिक वर्षमा १६ करोड बजेट परिचालन गरिने भएको छ ।
संघीय र प्रदेश सरकारको उक्त बजेट जिल्लाको साना तथा मझौला सिँचाई आयोजनामा खर्च गरिने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय रोल्पाले जनाएको छ ।
यस वर्ष ६ नयाँ र ५ वटा पूराना सिँचाई आयोजनाको काम गरिने सिँचाई डिभिजन कार्यालय रोल्पाका प्रमुख भेषराज भुसालले बताए ।यस्तै सोही बजेटबाट २ वटा जल उत्पन्न प्रकोप न्यूनिकरणको काम पनि गरिने भएको छ । कार्यालयमा धेरै जसो सडक निर्माणका क्रममा सिँचाई योजनामा क्षति पुगेको भन्दै मर्मतका लागि माग आउने गरेको भुसालले जानकारी दिए ।
हाल ७ हजार हेक्टर क्षेत्रफलमा सँचाई सुविधा पुगेको रोल्पामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप १ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने छ भने आगामी आर्थिक वर्षमा थप ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने लक्ष्य कार्यालयले लिएको छ ।