२ फागुन, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ४ हजार ७३८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ९ हजार ७८८जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३९ हजार २७७ छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार