२फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समुहले फागुन ५ देखि १५ गते सम्म काठमाण्डौ लगायत मुलुकभर विरोध प्रर्दशन ,सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो।
१५ गते सम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समुहले प्रतिगमन विरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ।
प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार