३ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ ।